देउवा दम्पतीविरूद्ध ‘रेड कर्नर नोटिस’ जारी गर्ने प्रक्रिया सुरू

चैत्र २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
देउवा दम्पतीविरूद्ध ‘रेड कर्नर नोटिस’ जारी गर्ने प्रक्रिया सुरू

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई न्यायाधीश महेन्द्रबहादुर कार्की*को इजलासले पक्राउ अनुमति दिएको हो ।

यो सँगै देउवा दम्पतीलाई फरार सूचीमा राखिएको छ । देउवा दम्पतीविरूद्ध सम्पत्ति शुद्धीकरणका विषयमा छानबिन भइरहेको थियो। गृह स्रोतका अनुसार ‘रेड कर्नर नोटिस’ जारी गर्नकै लागि देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी गरिएको हो। 

विदेशमा रहेका व्यक्तिलाई पक्राउ गरी नेपाल ल्याउन इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरिन्छ । त्यसको पहिलो औपचारिक कदम पक्राउ पुर्जीबाट जारी सुरू हुन्छ । सरकारले पूर्वप्रधानमन्त्रीहरू देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा पूर्वमन्त्रीहरू आरजु राणा देउवा र दीपक खड्काविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान अघि बढाएको छ। 

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएका पूर्वप्रधानमन्त्री देउवा सपरिवार विदेशमा छन् । उनीहरू फागुन १३ मा देउवा सिंगापुर गएका थिए। बीचमा दुवै जना उपचारका लागि हङकङ गएर सिंगापुर नै फर्किएका थिए।

*यसअघि फरक नाम परेकाले सच्याईएकाे छ । 

याे पनि :

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.