देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी

चैत्र २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी श्रीमति तथा पूर्वमन्त्री आरजु देउवाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

मंगलबार साँझ नै पक्राउ पुर्जी जारी भएको काठमाडौं जिल्ला अदालत श्रोतले पनि पुष्टि गरेको छ । गैरकानुनी सम्पत्ति आर्जनको छानबिनका लागि देउवा दम्पतीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवाको घरमा आगजनी हुँदा जलेका पैसाका नोट भेटिएको सार्वजनिक भएको थियो। त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा पुगेर मुचुल्कासमेत उठाएको थियो । विभागको पत्राचारपछि अहिले सीआईबीले अनुसन्धान अघि बढाएको छ ।

फागुन २१ गतेको चुनावअघि देउवा दम्पती स्वास्थ्य उपचारका लागि देउवा सिंगापुर जानुभएको थियो । उहाँहरू त्यहाँबाट हङकङ पुगेको समाचार सार्वजनिक भएको थियो । अहिले देउवा दम्पत्ति सिंगापुर फर्किसकेको बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.