परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि चिनियाँ राजदूतकाे शिष्टाचार भेट

चैत्र २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि चिनियाँ राजदूतकाे शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि चीनका राजदूत झाङ माओमिङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मंगलबार चिनियाँ राजदूत झाङले परराष्ट्रमन्त्री खनाललाई भेटेर चीनको शुभकामना सन्देश दिनुभएको हो । राजदूत झाङले नेपालको परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकोमा चिनियाँ परराष्ट्रमन्त्रीले पठाएको बधाइ तथा शुभकामना सन्देश हस्तान्तरण गर्नुभएको थियो । 

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनाल र राजदूत झाङबीच नेपाल र चीनको सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। त्यससँगै दुई देशको आपसी हितका लागि सहयोग अभिवृद्धि गर्ने लगायत विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.