चार जिल्लाका २३ वटा कुखुरा फार्ममा बर्डफ्लू

चैत्र २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
चार जिल्लाका २३ वटा कुखुरा फार्ममा बर्डफ्लू

काठमाडौं । मुलुकका विभिन्न चार जिल्लाका २३ वटा कुखुरा फार्ममा बर्डफ्लू एच फाइभ एन वान फैलिएको छ ।

पशु सेवा विभागका अनुसार मोरङ, झापा चितवन र सुनसरीका २३ वटा कुखुरा फार्ममा बर्डफ्लू भेटिएको र १ लाख १३ हजार ६ सय ८ कुखुरा तथा हाँस नष्ट गरिएको छ । मोरङको सुन्दरहरैचा र उर्लाबारी ८ बाट फैलिएको बर्डफ्लू सबैभन्दा बढी सुनसरीमा १२ वटा कुखुरा फार्म प्रभावित भएको विभागले जनाएको छ । 

बर्डफ्लू भेटिएका फार्मबाट २ लाख ११ हजार ८ सय ६७ वटा अण्डा र २५ हजार ८ सय किलो दाना पनि नष्ट गरिएको विभागको भनाइ छ । नष्ट गरिएका पन्छीमध्ये ८५ प्रतिशत लेयर्स प्रजातिका कुखुरा रहेको बताइएको छ । बर्डफ्लू संक्रमण फैलिन नदिन आवश्यक कदम चालिएको विभागकी सूचना अधिकारी इन्दिरा शर्माले बताउनु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.