
पाँचथर । हिमाली क्षेत्रको मौलिकतासँग जोडिएको चौंरी र त्यसबाट उत्पादन हुने उत्पादनको प्रवर्द्धन गर्दै पर्यटक आकर्षण गर्ने उद्देश्यले पाँचथरमा नवौं संकरणको चौंरी महोत्सव गरिने भएको छ।
नयाँ वर्षको अवसरमा हरेकवर्ष चौंरी पर्यटन महोत्सव आयोजना हुँदै आएको यो महोत्सवको नवौं संस्करण फालेलुङ गाउँपालिका-४ चाररातेमा चैत ३० देखि वैशाख २ गतेसम्म आयोजना गरिने भएको हो।
नेपाल-भारत सीमावर्ती उच्च हिमाली भूभागमा पर्ने चारराते क्षेत्रमा आयोजना हुने महोत्सवले चौंरी पालन, त्यसबाट उत्पादन हुने घिउ, छुर्पी, चिजलगायत वस्तुको प्रवर्द्धन तथा बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।