पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको विशेष उडान आजदेखि

चैत्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको विशेष उडान आजदेखि

काठमाडौं । पश्चिम एसियामा बढ्दो तनाव र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार तथा सहज आवागमनका लागि शक्रबारदेखि विशेष उडान सञ्चालन गरेको छ ।

शुक्रबार परराष्ट्र मन्त्रालयले प्रेस ब्रिफिङको आयोजना गरी यस्तो जानकारी गराएको हो । मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पश्चिम एसियामा सहज आवागमन र स्वदेश फर्कन चाहने नागरिकका लागि तीन दिन विशेष उडान सञ्चालन गरिने जानकारी दिनुभयो । 

उहाँकाअनुसार शुक्रबार काठमाडौं-दुबई, शनिबार दुबई-काठमाडौं, आइतबार काठमाडौं–दमाम, आइतबार दमाम-काठमाडौं उडान हुनेछन् । उहाँले प्रिबुक भएका तथा नेपाल फर्कन चाहने नागरिकहरूलाई फिर्ता ल्याउने जानकारी दिनुभयो ।

त्यस्तै नियोगको सिफारिसमा पाँच जनासम्मलाई नियमित भाडादरमा टिकट उपलब्ध गराउन अनुरोध गरिएको समेत प्रवक्ता क्षेत्रीको भनाइ छ । यसअघि १ अप्रिलमा कुवेत एयरवेजमार्फत २ सय ९१ जना नेपाली र विभिन्न कारणले मृत्यु भएका नाै जना नेपालीको शव भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा ल्याइएको समेत उहाँले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.