
दाङ । दुई महिनादेखि बस्न नसकेको लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौं बैठक चैत २२ गते आइतबार बस्ने भएको छ ।
माघ २० गतेपछि बस्न नसकेको लुम्बिनी प्रदेश सभाको बैठक प्रदेश सभा सचिवालयले जारी गरेको सूचनाअनुसार चैत २२ गते दिउँसो एक बजे बस्ने गरी तय गरिएको हो । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम उक्त सूचना प्रकाशन गरिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिनु भयो ।
यसअघि सातौं अधिवेशनको चौथो बैठक माघ २० गते बसेको थियो । यसबीचमा प्रतिनिधि सभा सदस्यको निर्वाचन रहेको र धेरै प्रदेश सभा सदस्य तथा मन्त्रीहरू निर्वाचनमा व्यस्त रहेकाले प्रदेश सभा बैठक बस्न सकेको थिएन ।
