
गोरखा । बाँदरलगायतका वन्यजन्तुले गर्ने बालीनाली क्षति रोक्न डिभिजन वन कार्यालय गोरखाले निरन्त्रणसम्बन्धी उपकरणको परीक्षण सुरू गरेको छ ।
घामबाट सोलार प्यानलमार्फत चार्ज हुने १० केभी क्षमताको सोलार फेन्स गार्ड नामको उक्त उपकरण पहिलो चरणमा कार्यालय नजिकै बाँदर आउने क्षेत्रमा परीक्षणका लागि जडान गरिएको हो । उक्त उपकरणबाट ससाना तारहरू रूख वा झाडीमा वन्यजन्तु हिँडने बाटोमा बाँधिएको छ ।
बाँदरलगायतका वन्यजन्तुले छुनेबित्तिकै विद्युतीय झट्का दिने भएकोले वन्यजन्तु तर्सेर भाग्ने गर्दछ । बाँदरले बालीनाली सखाप पारेको धेरै गुनासो आएपछि यो उपकरणको परीक्षण गरिएको, सफल देखिएमा, किसानलाई प्रयोगका लागि दिइने डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन साण्डिल्यले जानकारी दिनुभयो ।