सरकार विगतमा गल्ती गर्नेहरू सबैलाई कारबाहीको दायरामा ल्याउन केन्द्रित छ : सञ्चारमन्त्री तिमिल्सिना

चैत्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकार विगतमा गल्ती गर्नेहरू सबैलाई कारबाहीको दायरामा ल्याउन केन्द्रित छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले विगतमा गल्ती गर्नेहरू सबैलाई कारबाहीको दायरामा ल्याउने कुरालाई नियाली रहेको बताउनुभएको छ ।

विगतमा मन्त्रालयको बन्द कोठामा बसेर सेटिङको भरमा देशलाई ठग्नेहरूलाई कारबाही गर्नुपर्ने जनताको म्यान्डेट सरकारलाई रहेकाले सरकारले सोही कामलाई अघि बढाउने गरी तयारी गरिरहेको मन्त्री तिमिल्सिनाको भनाइ थियो । 

शुक्रबार सिंहदरबारमा आयोजित रेडियो नेपालको ७६औं वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले मुलुकको राजनीतिक अब सङलिएको दाबी गर्दै निश्कलंक भएर काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिनुभयो । मन्त्री तिमिल्सिनाले सरकार कामैकामको चापमा रहेको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री तिमिल्सिनाले कर्मचारीहरूले मुलुकमा ठूलो आशाको सञ्चार हुनेगरी काम गर्न जरूरी रहेको पनि बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.