सुर्खेतका यातायात व्यवसायीहरूद्वारा सार्वजनिक यातायात बन्द

चैत्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुर्खेतका यातायात व्यवसायीहरूद्वारा सार्वजनिक यातायात बन्द

सुर्खेत । प्रहरीले यातायात मजदुरहरूलाई धरपकड तथा पक्राउ गरेको र रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्नबाट नरोकेको विरोधमा सुर्खेतका यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गराएका छन् ।

व्यवसायीहरूको आन्दोलनका कारण शुक्रबार बिहानैदेखि सुर्खेतबाट छुट्ने छोटो तथा लामो दूरीका सबै सार्वजनिक यातायात बन्द भएका छन् । यातायात व्यवसायीहरूले पक्राउ परेका मजदुरहरूलाई बिना सर्त रिहा गर्नुपर्ने र रातो नम्बर प्लेटका सवारीसाधानलाई यात्रु बोक्न नरोकेसम्म यातायात सञ्चालन नगर्ने चेतावनी दिएका छन् । 

सार्वजनिक यातायात बन्द हुँदा भारतबाट मजदुरी गरी घर फर्किएका, औषधि उपचारका लागि सहर झरेका र सहरबाट गाउँ फर्किने यात्रुहरू वीरेन्द्रनगरको सिटी बसपार्कमा अलपत्र परेका हुन् । रात्रु बोक्ने विषयमा विवाद हुँदा शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय सुर्खेतले चार जना यातायात मजदुरलाई पक्राउ गरेको थियो । 

मजदुरहरू पक्राउ गरेपछि सुर्खेतमा रहेका विभिन्न १३ वटा यातायात प्रालिहरूले संयुक्त रूपमा यातायात बन्द गराएका हुन् । यसैबीच जिल्ला प्रशासन कार्यालयले यातायात खुलाउने विषयमा समन्वय भइरहेको जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.