‘महिला र उत्पीडित समुदायको अधिकार हामीहरूकै त्याग र बलिदानको कारण स्थापित भएको हो’

चैत्र १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘महिला र उत्पीडित समुदायको अधिकार हामीहरूकै त्याग र बलिदानको कारण स्थापित भएको हो’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरूको त्याग र बलिदानकै कारण महिला तथा उत्पीडित समुदायको अधिकार स्थापित भएको दाबी गर्नुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले हालै सम्पन्न निर्वाचनमा पार्टीले कम सीट ल्याए पनि आफूहरूको मुद्दाले जितेको बताउनुभएको हो । जनयुद्ध, जनआन्दोलन, शान्ति सम्झौता र संविधान सभामार्फत स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको श्रेय आफ्नो नेतृत्वको आन्दोलन र बलिदानलाई जाने उहाँको दाबी छ । 

उहाँले बालेन्द्र शाह नेतृत्वको सरकारलाई रचनात्मक र सिर्जनात्मक ढंगले सहयोग गर्ने समेत बताउनु भयो । प्रतिनिधि सभामा पूर्वप्रधानमन्त्रीहरूमध्ये आफू मात्रै उपस्थित रहेको उल्लेख गर्दै यसलाई चुनौती र अवसर दुवै रूपमा लिएको उहाँले बताउनु भयो ।

उहाँले मुलुकमा सुशासन र व्यवस्थाको रक्षाको लागि संसद्‌मा रचनात्मक भूमिका खेल्ने समेत बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.