
काठमाडौं । रूपन्देहीको डन्डा खोला क्षेत्रमा सञ्चालित डम्पिङ साइटविरूद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाअन्तर्गत पर्ने डन्डा खोला क्षेत्रमा सञ्चालित अनियन्त्रित डम्पिङ साइटका कारण तीव्र दुर्गन्ध र प्रदूषणले गर्दा स्थानीयलाई समस्या भएको दाबीसहित सर्वोच्चमा रिट दर्ता भएको थियो । भारतको सिमानाबाट गौतम बुद्ध जन्मस्थल लुम्बिनी प्रवेश गर्ने बाटोमै पर्ने भएकोले पर्यटकीय गतिविधिमा समेत यसले असर पुर्याएको दाबी रिटमा गरीएको थियो ।
उक्त डम्पिङ साइट हटाउन तथा सञ्चालन गर्न रोक लगाउन माग गर्दै अधिवक्ता विवेक बख्रेल र कानुनका विद्यार्थी अन्जली सिलवालले सर्वोच्च अदालतमा नेपाल सरकार र सिद्धार्थनगर नगरपालिकालगतयतलाई विपक्षी बनाएर परमादेशको मागसहित रिट दर्ता गराएका थिए ।
उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ भने अन्तरिम आदेशको लागि छलफलमा बोलाएको छ |