
काठमाडौं । गृहमन्त्री सुधन गुरूङले सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालसहितको टिमसँग छलफल गर्नुभएकाे छ ।
मंगलबार गृहमन्त्री गुरूङले सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालसहितको टिमसँग छलफल गर्नुभएकाे हाे । बैठकमा विशेष गरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीसम्बन्धी विषयमा विस्तृत छलफल गरिएको जनाइएकाे छ ।
सम्भावित विपद् जोखिमलाई न्यूनीकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयका विषयमा जोड दिइएको छ । साथै, सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती कडा बनाउने निर्णय गरिएको छ । तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको जानकारी गराइएको छ ।