‘भ्रष्टाचार नियन्त्रणतर्फ सरकारको पहल प्रशंसनीय’

चैत्र १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘भ्रष्टाचार नियन्त्रणतर्फ सरकारको पहल प्रशंसनीय’

काठमाडौं । सरकारले सार्वजनिक गरेको शासकीय सुधार कार्यसूची भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय सुरूआत भएको विश्वास व्यक्त गरिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै शासकीय सुधारसम्बन्धी कार्यहरूको सूची जनादेशको भावना र मागअनुरूप हुनाका साथै धेरै वर्षदेखि उठाइँदै आइएका सुशासनका विषयहरू अधिकांश रूपमा समावेश भएको ठहर गरेको छ ।

संस्थाका अध्यक्ष मदनकृष्ण शर्माले पहिलो बैठकमा नै देशलाई सुशासनतर्फ लान समय सीमासहितको बृहत् कार्यसूची पारित गर्नुले सरकारले जनताको हित र सुशासनप्रतिको प्रतिबद्धता देखाएको बताउनुभयो । विज्ञप्तिमापन तोकिएको समय सीमाभित्र सबै कार्य सम्पन्न हुनेछन् भन्नेमा आशा र विश्वास लिएको बताउँदै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सुशासन प्रबद्र्धनको कार्यमा आफ्ना अनुभव र विज्ञता उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.