स्थानीय तहका रिक्त पदमा खटाइयो ६३ जना उपसचिव

लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन तहमा पदपूर्ति
चैत्र १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
स्थानीय तहका रिक्त पदमा खटाइयो ६३ जना उपसचिव

काठमाडौँ । सरकारले ६३ जना उपसचिवलाई सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार विभिन्न स्थानीय तह र एक जिल्ला समन्वय समितिमा कर्मचारी व्यवस्थापनको निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार सरुवा गरिएकामध्ये केही उपसचिवलाई नियमित स्थानान्तरण र अधिकांशलाई स्थानीय तहमा कामकाजका लागि खटाइएको हो । विशेषगरी लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका स्थानीय तहमा कर्मचारी पठाइएको छ । त्यसैगरी, निमित्तको भरमा सञ्चालन भइरहेका पालिकाहरूमा पनि दरबन्दीअनुसार उपसचिव खटाइएको हो । यस कदमले प्रशासनिक कामकाजलाई व्यवस्थित बनाउनुका साथै स्थानीय तहमा थप प्रभावकारी, छरितो र सहज सेवा प्रवाह हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आवश्यक जनशक्ति अभावका कारण कतिपय स्थानमा सेवा प्रवाह प्रभावित हुँदै आएको अवस्थामा कर्मचारी व्यवस्थापनले त्यस्ता समस्या समाधानमा सहयोग पुग्ने विश्वास लिइएको छ । यसले नागरिकले पाउने सेवा अझ सहज, छिटो र गुणस्तरीय हुने मन्त्रालयको दाबी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.