दुई पुस्तादेखि ओडारमा बस्दै आएको इस्तराम प्रजाकाे परिवार छिट्टै आफ्नै घरमा बस्ने

चैत्र १६, २०८२ |पोषनाथ अधिकारी
दुई पुस्तादेखि ओडारमा बस्दै आएको इस्तराम प्रजाकाे परिवार छिट्टै आफ्नै घरमा बस्ने

धादिङ । दुई पुस्तादेखि ओडारमा बाँचिरहेका धादिङ बेनीघाट रोराङका इस्तराम प्रजाको परिवारलाई काठमाडौंका तुलसी श्रेष्ठले दुई रोपनी जग्गा उपलब्ध गराइदिएसँगै नेपाली सेनाको अगुवाइमा घर निर्माण प्रक्रिया थालनी भएको छ ।

नेपाली सेनाको भैरव गणको २० जनाको जनशक्तिले घर निर्माण थालेपछि आवश्यक सरसामानको व्यवस्था सहजै भएमा अबको चार दिनमा घर निर्माण पूरा हुने गणका गणपति असिम श्रेष्ठले बताउनुभयो । इस्तराम परिवार लामो समयदेखि ‌ओडारमा बस्दै आएको समाचार प्रसारणपछि उहाँका छोरा बुहारीको नाममा दुई रोपनी जग्गा खरिद गरी घर निर्माण भइरहेको छ । 

घर निर्माणमा विभिन्न संघ-संस्थाले सहयोग गरेका छन् ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।