
राजविराज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमाले सप्तरीका कार्यकर्ताहरूले सदरमुकाम राजविराजमा आइतबार पनि प्रदर्शन गरेका छन्।
गिरफ्तारीको विरोधस्वरूप प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने क्रममा प्रदर्शन गरिएको हो। यसै क्रममा एमाले जिल्ला कमिटी सप्तरीले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ज्ञापनपत्र हस्तान्तरण गरेको छ।
ज्ञापनपत्रमार्फत एमाले कार्यकर्ताहरूले पूर्वप्रधानमन्त्री ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाउँदै उहाँको तत्काल रिहाइको माग गरेका छन्। उनीहरूले उक्त कदमलाई गैरकानुनी तथा अलोकतान्त्रिक भन्दै आपत्ति जनाएका छन्।
एमाले सप्तरीका पूर्वअध्यक्ष ताराकान्त चौधरीले सरकारको कदमप्रति कडा विरोध जनाउँदै कानुनविपरीत गरिएको पक्राउ तुरुन्त खारेज गरी अध्यक्ष ओलीलाई अविलम्ब रिहा गर्नुपर्ने बताउनुभएकाे छ।