चाहेर पनि पोखरा र भैरहवा विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन सकिनँ : मन्त्री सिन्हा

चैत्र १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
चाहेर पनि पोखरा र भैरहवा विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन सकिनँ : मन्त्री सिन्हा

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अनिलकुमार सिन्हाले चाहेर पनि पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारीरूपमा सञ्चालनमा ल्याउन नसकेको बताउनुभएको छ । बिहीबार कानुन मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफू मन्त्री भएपछि पोखरा र भैरहवा विमानस्थल सञ्चालनको लागि कार्ययोजना र सुझाव तयार पारिएको बताउनुभयो । यद्यपि निर्वाचनका कारण ठोस रूपमा कार्यान्वयनमा ल्याउन नसकेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पोखरा र भैरहवा विमानस्थलको कुरा आयो । विराटनगर र नेपालगन्जको विमानस्थलको बारेमा अहिलेसम्म कुरा उठाउनुभएको छैन । हामीले यति ठूला संरचना त्यहाँ बनाएका छौं कि त्यसलाई चलाउने कसरी भन्ने कुराको निश्चित र कार्यन्वयनयोग्य कार्ययोजना मैले फेला पार्न सकिनँ ।”

उहाँले नेपालको हवाई क्षेत्रलाई युरोपियन युनियनको कालोसूचीबाट हटाउन आवश्यक सुधारको काम थालिएको र युरोपियन युनियनका आवासीय राजदूतले पनि कालोसूचीबाट हटाउन सकरात्मक जवाफ दिएको बताउनुभयो । 

उहाँले हवाई सुरक्षामा सुधार ल्याउन काठमाडौँमा हेलिकोप्टर चालकका लागि आवश्यक तालिम सञ्चालन गरिएको पनि जानकारी दिनुभयो । यसअघि यस्तो तालिमका लागि विदेश जानुपर्ने बाध्यता थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.