जेन-जी आन्दोलन : प्रहरी कार्यालय र हतियार जोगाउने ६ प्रहरी र दुई नागरिकलाई पुरस्कार सिफारिस

चैत्र ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी आन्दोलन : प्रहरी कार्यालय र हतियार जोगाउने ६ प्रहरी र दुई नागरिकलाई पुरस्कार सिफारिस

काठमाडौं । उच्चस्तरीय जाँचबुझ आयोगले भदौ २३ र २४ को घटनामा प्रहरी कार्यालय र हतियार बचाउने ६ प्रहरीलाई पुरस्कृत गर्न सिफारिस गरेको छ । 

यसैगरी प्रहरी बचाउने दुई नागरिकलाई पनि पुरस्कृत गर्न आयोगले भनेको छ । आयोगले आन्दोलनका क्रममा प्रहरी कार्यालय, हतियार र परिसरसमेतमा आन्दोलनकारीले आक्रमण गर्न थालेपछि डटेर मुकाबिला गरी बचाउने अधिकृतहरूलाई पुरस्कृत गर्न सिफारिस गरेको हो ।

सरकारसमक्ष सिफारिस गरिएकाहरूमा कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत, कालीमाटी प्रहरी नायब उपरीक्षक मधु थापा, प्रहरी वृत्त मालीगाउँका प्रहरी नायब उपरीक्षक सुनील शाह, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका नायब उपरीक्षक चिनिमाया तामाङ, प्रहरी वृत्त जनसेवाका नायब उपरीक्षक कृष्णबहादुर चन्द र प्रहरी वृत्त ठिमीका नायब उपरीक्षक नवराज ढुंगाना छन् ।

यस्तै, कोटेश्वरका व्यवसायीहरु शिवराम बाँडा र गीताकुमारी साहलाई समेत पुरस्कृत गर्न सिफारिस गरिएको छ । उनीहरुले प्रहरी प्रभाग कोटेश्वर तोडफोड र आगजनी गर्दा प्रहरी कर्मचारीहरुलाई सुरक्षा दिएको आयोगको निष्कर्ष छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.