
नेपालगञ्ज । नेपालगञ्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्षको राजस्व संकलन लक्ष्यअनुसार अघि बढ्न सकेको छैन।
बाँकेको नेपालगञ्जस्थित यो भन्सारले चालु आर्थिक वर्षका लागि राजस्व लक्ष्य २४ अर्ब ५४ करोड ८७ लाख रूपैयाँ पाएको थियो । चैत ८ गतेसम्म आइपुग्दा १३ अर्ब २७ करोड राजश्व संकलन भएको छ। जुन लक्ष्यको करिब ५४ प्रतिशत मात्र हो।
राजस्व संकलन अपेक्षाअनुसार नबढ्नुका कारण भन्सार दर घटाइनु, अग्रिम आयकर कम गर्नु र आयात बढ्दा पनि राजस्व सोही अनुपातमा नबढ्नु रहेको छ। यहाँ संकलित राजस्वमध्ये आधाभन्दा बढी हिस्सा पेट्रोलियम पदार्थबाट आउने गरेको छ । विगत आठ वर्षको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७५/७६ र ०७७/७८ यो कार्यालयले तोकिएको लक्ष्यभन्दा धेरै राजश्व उठाएको थियो ।