.png&w=1000&height=550)
धनुषा । जनकपुरधाममा फुटपाथ अतिक्रमण गरेर व्यावसाय सञ्चालन गरिएका स्थानमा मधेश प्रदेश सरकारले खाली गराएको छ ।
गृहमन्त्री फकिरा महतोको नेतृत्वमा जनकपुरधामको रामानन्द चौक, प्रादेशिक अस्पताल जाने बाटो, जानकी मन्दिर, राम मन्दिर, जनक चोकलगायतका फुटपाथ खाली गराएको हो । भगवान राम सिताको मन्दिर रहेको पवित्र भूमि नै कुरूप हुनेगरी फुटपाथ नै कब्जा गरी व्यवसाय सञ्चालन गरिएकोले खाली गरिएको बताउँदै गृहमन्त्री महतोले पुनः फुटपाथ अतिक्रमण गरेमा कडा कारबाही गरिने चेतावनी दिनु भयो।
सडकपेटीका अतिक्रमण गरेर व्यावसायीले सामान राखेपछि सर्वसाधारणलाईसमेत हिड्न समेत सास्ती भएको थियो। जनकपुरधाम उपमहानगरपालिकाले पटक पटक फुटपाथ खाली गराउन आग्रह गरे पनि व्यावसायीले अटेर गरेपछि प्रदेश सरकारले नै खाली गराएको हो।
जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स लगायतको समर्थनमा फुटपाथ खाली गराइएको हो।