
धादिङ । धादिङ अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि विवाद उतपन्न भएको छ ।
नीलकण्ठ नगरपालिका-१३ की १८ वर्षीया किशोरीको आइतबार बिहान मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल घेराउ गरेका हुन् । चिकित्सकको आफन्तले उपचारमा लापरबाही गरेको भन्दै बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।
अस्पताल प्रशासनसँगको छलफल पनि निष्कर्षविहीन भएपछि आक्रोशित मृतकका आफन्तले अस्पतालमा सामान्य टोडफोड गरेपछि अहिले प्रहरीले सुरक्षा दिइरहेको छ ।