राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआबद्धता सुरू, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने

चैत्र ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआबद्धता सुरू, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने

काठमाडौं । सरकारले केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता गरी सेवा प्रवाह सुरू गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सो जानकारी दिनुभएको हो । यससँगै सेवाग्राहीले एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्नुपर्ने नपर्ने भएको छ । 

गृहमन्त्री अर्यालले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सेवाग्राहीहरूले हालसम्म विवरण दर्ता आवेदन फारम भरी जैविक (बायोमेट्रिक) विवरण दिनका लागि तोकिएका राष्ट्रिय परिचयपत्र इकाईमा उपस्थित हुनुपर्ने बाध्यता हट्ना गई सेवाग्राहीको समय र आर्थिक लागत समेत बचत हुने बताउनु भयो ।

उहाँले हालसम्म वटा सेवा ठाउँबाट केन्द्रिकृत सेवा प्रवाह सुरू भइसकेको जानकारी दिनुहुँदै विस्तारै देशैभरी विस्तार गरिने जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.