नयाँ सरकारले जातीय विभेद नहुनेगरी काम गर्नुपर्छ : तपबहादुर मगर

चैत्र ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
नयाँ सरकारले जातीय विभेद नहुनेगरी काम गर्नुपर्छ : तपबहादुर मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अब बन्ने सरकारले जातीय विभेद हुन नदिने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।

६१औँ अन्तराष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । नयाँ सरकारले दलितको हक अधिकारको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सचेत भएर काम गर्न आवश्यक रहेको अध्यक्ष मगरको भनाइ थियो । 

उहाँले जातीय विभेद अन्त्यका लागि आयोगले सम्बन्धित सबै पक्षहरू मिलेर काम गरिरहेको दाबी समेत गर्नुभयो । उहाँले जातीय विभेद अन्त्यका लागि विद्यमान कानुन कार्यान्वयनमा जोड दिन आवश्यक रहेको समेत दोहोर्‍याउनु भयो ।

अध्यक्ष मगरले जातीय विभेद अन्त्यका लागि नेपाली समाजको मानसिकतामा नै परिवर्तन ल्याउन जरूरी रहेको पनि बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.