पाथीभरामा हिमपात

चैत्र ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
पाथीभरामा हिमपात

ताप्लेजुङ । पाथीभरा क्षेत्रमा हिउँ परेको छ । 

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिबार यो सिजनकै सबैभन्दा बढी तिर्थयात्री पनि रहेका छन् । पाथीभरामा शनिबार १८ सयभन्दा बढी तिर्थयात्री रहेको महतले जानकारी दिनुभएको छ । २७ सय मिटरको तल्लो फेदी अर्थात् काफ्लेपार्टी देखि ५ किलोमिटरसम्म हिँडेर जानु र फर्कनु पर्ने हुन्छ ।

पाथीभरामा यसअघि आठ पटक हिउँ परेको थियो । यस्तो ठुलो हिउँभने शनिबार पहिलो पटक परेको महतले जानकारी दिनुभयो । यसैगरी, रूकुम पूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका १ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो । 

लोकमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधनसहित यात्रुहरू अलपत्र परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । लुकुम–पातिहाल्ना क्षेत्रमा ७ वटा बस, एउटा जिप र ५ वटा मोटरसाइकल फसेका छन् भने २५० जनाभन्दा बढी यात्रु अलपत्र परेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.