फिल्म निर्माणमा सरकारी रकम हिनामिना भएको भन्दै अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

चैत्र ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
फिल्म निर्माणमा सरकारी रकम हिनामिना भएको भन्दै अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । फिल्म निर्माणमा सरकारी रकम हिनामिना गरेको आरोपमा अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार अध्यक्ष साउदसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउद तथा आरजे २४ न्युज एवं नव इन्द्रेणी फाउन्डेसन काठमाडौँका अध्यक्ष रामजी लम्साल भन्ने रामबहादुर लम्सालविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । उनीहरूविरुद्ध १२ लाख ७७ हजार २ सय २५ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र हिनामिना भएको रकम असुलउपरको मागदाबी अख्तियारले लिएको छ । 

उनीहरूले सार्वजनिक खरिदसम्बन्धी कानुनविपरीत पालिकाको बजेट दुरुपयोग गरी ‘अन्धपथ’ चलचित्र निर्माण गर्न १८ भदौ २०८१ मा सम्झौता गरेको भेटिएको थियो ।

ढकारीका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा कार्यसमिति सदस्यले राजेश हमाल अभिनित र व्यक्तिगत निर्देशनमा काम भइरहेको 'अन्धपथ' फिल्ममा १५ लाख रूपैयाँ छुट्याएर सरकारी बजेट दुरुपयोग गरेको बेहोराको उजुरी अख्तियारमा परेको थियो । लम्साल फिल्मका निर्माता हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.