
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा ज्ञानबहादुर शाही र प्रमुख सचेतकमा खुस्बु ओलीलाई चयन गरिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले संसदीय दलको नेता र प्रमुख सचेतक चयन गरेको हो ।
राप्रपाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा ४ सिट प्राप्त गरेको थियो । प्रत्यक्षमा जुम्लाबाट शाही निर्वाचित भएका थिए ।