‘थ्रेसहोल्ड’ कटाएका ६ दलले पठाए समानुपातिक सांसदको नाम

चैत्र १, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘थ्रेसहोल्ड’ कटाएका ६ दलले पठाए समानुपातिक सांसदको नाम

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले आफ्नो भागमा परेका सिटमा नाम सिफारिस गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले निर्वाचन आयोगलाई सिफारिस गरेका हुन् । रास्वपाको आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले समानुपातिकतर्फ आफूले पाएका ५७ सांसदहरूको सूची तय गर्दै आयोगमा बुझाएको हो । 

रास्वपाले खस आर्यतर्फ १७, आदिवासी जनजातिबाट १६, दलित ८, मुस्लिम ३, मधेशी ९ र थारू ४ जनाको नाम तय गरेको छ, जसमा ४८ महिला र ९ पुरूष छन् । यसैगरी नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले १५ महिलासहित २० जनाको नाम सिफारिस गरेको छ, जसमा आदिवासी जनजाति तथा खस आर्यतर्फ ६-६, थारू, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रबाट पाँच जना र अन्य तीन जना रहेका छन् ।

यस्तै समानुपातिकतर्फ चार सिट पाएको राप्रपाले पनि भरत गिरी, ताहिर अली, खुस्बु ओली र सरस्वती लामाको नाम सिफारिस गरेको छ । श्रम संस्कृति पार्टीले पनि आफ्नो भागमा परेका चार सिटमा पूर्णप्रसाद लिम्बू, अम्बिका संग्रौला, राधिका रम्तेल र रुविकुमारी ठाकुरलाई सिफारिस गरेको छ । निर्वाचन आयोगले प्राप्त नामबारे जाँचबुझ सुरू गरिएको र दलहरूलाई सच्याउन दुई दिनको समय दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.