जाजरकोटमा वन डढेलो नियन्त्रणका लागि सुरक्षा निकायलाई उपकरण हस्तान्तरण

चैत्र १, २०८२ |कान्तिपुर टीभी संवाददाता
जाजरकोटमा वन डढेलो नियन्त्रणका लागि सुरक्षा निकायलाई उपकरण हस्तान्तरण

जाजरकोट । वन डढेलो नियन्त्रण तथा व्यवस्थापनलाई सुदृढ बनाउने उद्देश्यले जिल्लाका तीनवटा सुरक्षा निकायलाई १३ प्रकारका अग्नि नियन्त्रण औजार तथा सामग्री हस्तान्तरण गरिएको छ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटसँगको साझेदारीमा सञ्चालन भइरहेको “माइ फरेष्ट चाइल्ड” परियोजनामार्फत उक्त सामग्री उपलब्ध गराइएको हो। डिभिजन वन कार्यालय जाजरकोटको आयोजनामा वन डढेलो व्यवस्थापन सप्ताह २०८२ को अवसरमा आयोजित कार्यक्रममा औपचारिक रूपमा ती सामग्री सुरक्षा निकायलाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र बहादुर शाहीले वन डढेलो नियन्त्रणका लागि आवश्यक उपकरणको अभावलाई मध्यनजर गर्दै उपलब्ध गराइएका सामग्रीले आपतकालीन अवस्थामा प्रभावकारी रूपमा काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

हस्तान्तरण गरिएका उपकरणहरूले वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रण, उद्धार तथा जोखिम न्यूनीकरणका कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। साथै, स्थानीय समुदाय, वन कार्यालय तथा सुरक्षा निकायबीचको समन्वयलाई समेत बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.