पाल्पामा पूर्वमन्त्रीसहित २३ जनाको जमानत जफत

फाल्गुन २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
पाल्पामा पूर्वमन्त्रीसहित २३ जनाको जमानत जफत

पाल्पा । पाल्पामा पूर्व मन्त्रीसहित २३ जनाको जमानत जफत भएको छ । 

क्षेत्र नम्बर १ मा १३ र क्षेत्र २ मा १६ गरी २९ उम्मेदवार रहेकामा तीन जनाले मात्र जमानत जोगाए । यस क्षेत्रमा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल पन्तले मात्रै जमानत जोगाए । क्षेत्र नम्बर १ मा ९ दल र चार स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा थिए । 

क्षेत्र २ मा पनि तीन जना उम्मेदवारले मात्र जमानत जोगाएका छन् । नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका पूर्वमन्त्री सोमप्रसाद पाण्डेयसहित १३ उम्मेदवारहरुको जमानत जफत भएको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । त्यसैगरी सल्यान जिल्लामा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा १४ उम्मेदवार मध्य १० जनाको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।

क्षेत्र नम्बर १ मा १३ र क्षेत्र २ मा १६ गरी २९ उम्मेदवार रहेकामा तीन जनाले मात्र जमानत जोगाए । नेपाली कांग्रेसका उम्मेदवार सन्दीप राना विजयी भएको यस क्षेत्रमा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल पन्तले मात्रै जमानत जोगाए । 

क्षेत्र नम्बर १ मा ९ दल र चार स्वतन्त्र उम्मेदवार थिए । क्षेत्र २ मा पनि तीन जना उम्मेदवारले मात्र जमानत जोगाएका छन् । १६ उम्मेदवार रहेको यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. माधव बहादुर थापाले विजय हासिल गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार हिमालदत्त श्रेष्ठ र नेकपा एमालेका उम्मेदवार ठाकुर प्रसाद गैरेले मात्रै जमानत जोगाए । 

नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका पूर्वमन्त्री सोमप्रसाद पाण्डेयसहित १३ उम्मेदवारहरूको जमानत जफत भएको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.