निर्वाचनमा प्रत्यक्षतर्फ करिब तीन हजार उम्मेदवारको जमानत जफत

फाल्गुन २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनमा प्रत्यक्षतर्फ करिब तीन हजार उम्मेदवारको जमानत जफत

काठमाडौं । हालै सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ करिब तीन हजार उम्मेदवारको जमानत जफत भएको छ ।

निर्वाचन आयोगकाअनुसार निर्वाचनमा ३ हजार ४ सय ६ जना चुनावी प्रतिस्पर्धामा रहेकामध्ये दुई हजार आठ सय ९० जना उम्मेदवारको जमानत जफत भएको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार सदर मतको १० प्रतिशत भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत भएको हो । 

निर्वाचन सम्बन्धी कानुनअनुसार कुनै पनि उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गरेमा मात्र उसको जमानत रकम फिर्ता हुन्छ । यदि सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको खण्डमा उक्त धरौटी रकम राज्यको ढुकुटीमा जफत हुने कानुनी प्रावधान छ ।

आयोगका अनुसार जमानत जफत भएका दुई हजार आठ सय ९० जनामध्ये तीन सय ५० जनाले एक भोट पनि प्राप्त गर्न सकेनन् । यसले कतिपय उम्मेदवारहरूले आफूले आफैँलाई वा आफ्नो परिवारको मत समेत हाल्न नसकेको वा नहालेको पुष्टि गर्छ । प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेकामध्ये जम्मा पाँच सय १६ जना उम्मेदवारले मात्र कुल सदर मतको १० प्रतिशत कटाएर आफ्नो जमानत जोगाउन सफल भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.