न्यायाधीशहरू न्यायालय सुधारको बाटोमा हिँडिरहेका छन् : सपना प्रधान मल्ल

फाल्गुन २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
न्यायाधीशहरू न्यायालय सुधारको बाटोमा हिँडिरहेका छन् : सपना प्रधान मल्ल

काठमाडाै‌‌ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले आफूहरू न्यायालय सुधारको बाटोमा हिँडिरहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले याे कुरा दाबी गर्नुभएको हो । न्यायाधीश मल्लले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पनि न्यायपालिकालाई साँच्चिकै  एउटा जीवित र समावेशी संस्थाकै रूपमा उठाउने प्रयास गरिरहेको बताउनु भयो । 

उहाँले न्याय सम्पादन कुनै पनि खालको डर, धम्कीबाट सम्पादन हुनै नसक्ने समेत स्पष्ट पार्नुभयो । न्यायाधीश मल्लले मुलुकमा सुशासन र समावेशीतालाई सुनिश्चित गर्न पनि कुनै पनि डर र धम्कीको प्रभावमा नपरकन न्याय सम्पादन गर्न आवश्यक रहेको बताउनु भयो ।

न्यायाधीश मल्लले न्यायको खोजी गर्न आउने हरेकलाई सम्मानपूर्वक व्यवहार गर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.