.png&w=1000&height=550)
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाको लागि भर्ना गरिएका निर्वाचन प्रहरीहरूले तोकिएको कार्यअवधि पूरा गरेका छन् ।
४० दिनसम्म निर्वाचनको सुरक्षामा परिचालन गर्नेगरी नेपाल प्रहरीमा १ लाख ३३ हजार ९ सय ८० जना र सशस्त्रले १५ हजार १ सय १० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो । फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएर पनि मतगणना पनि सार्वजनिक भैसकेको अवस्थामा निर्वाचन प्रहरीलाई बिदाइ गर्ने तयारी गरिएको हो ।
दुवै सुरक्षा बलले फागुन २८ मा देशभर निर्वाचन प्रहरीलाई बिदाइ गर्दैछन् । निर्वाचन प्रहरीलाई ४० दिन निर्वाचन सुरक्षामा खटिएबापत सरकारले ३४ हजार ७ सय ७६ रूपैयाँ तलब दिएको छ । त्यसबाहेक उनीहरूले रासन र आउजाउ गर्न ८ सय ४६ रुपैयाँ थप तयारी खर्च पाएका छन् ।
निर्वाचन प्रहरीले चार दिनको लागि दैनिक तीन सयको दरले खाजा खर्च पाउनेछन् । पोसाकबापत छुट्टै रकम उपलब्ध गराइएको छ ।