
सल्यान । सल्यानबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रमेशकुमार मल्लले राप्ती राजमार्गको विस्तार तथा स्तरोन्नतिमा भइरहेको प्रगतिको स्थलगत अवलोकन गर्नुभएको छ ।
उहाँले मङ्गलबार राप्ती राजमार्गको दाङ-सल्यान सडकखण्डअन्तर्गत हर्नेटी-राम्री खण्डमा भइरहेको कामको स्थलगत अवलोकन गरी जानकारी लिनुभएको हो । उहाँलाई राप्ती राजमार्गको अलग-अलग खण्डमा तीनवटा कम्पनीले सडक स्तरोन्नति, विस्तार र मर्मतका काम गरिरहेको सडक डिभिजन दाङका सूचना अधिकारी इञ्जिनियर अशोक चौधरीले जानकारी दिनुभयो ।