
उदयपुर । प्रतिनिधि सभा सदस्य चयनका लागि उदयपुर- १ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ३३ हजार ८१३ मतसहित पहिलो भएको छ ।
यो मत रास्पाले प्रत्यक्षमा पाएको भन्दा ३ हजार ३२३ ले बढी हो । दोस्रो स्थानमा श्रम संस्कृति पार्टीले १२ हजार २९६ मत पाएको छ । यो मत उसले प्रत्यक्षमा पाएको भन्दा ६ सय ९० बढी हो । तेस्रो स्थानमा एमालेले ९ हजार १ सय ४१ मत पाएको छ भने कांग्रेसले ८ हजार ७ सय ९९ मतका साथ चौथो मत पाएको छ ।
नेपाली कम्युनिष्ट पार्टीले ६ हजार ३१ मतकासाथ पाँचौ मत पाएको छ ।