सुनसरी-१ मा हर्कराज राई विजयी

फाल्गुन २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुनसरी-१ मा हर्कराज राई विजयी

धरान । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) फराकिलो मतान्तरले विजयी हुनुभएकाे छ ।

साम्पाङले ३५ हजार ७ सय ४१ मत प्राप्त गर्नुभएकाे भने उहाँको निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङ (सरिन)ले २७ हजार २ सय ४९ मत प्राप्त गर्नुभएकाे छ साम्पाङले ८ हजार ४ सय  ९२ बढी मतान्तरले विजयी भएको हो ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराईले ६ हजार १ सय ८५ मत प्राप्त गर्नुभएकाे छ। नेकपा (एमाले)का उम्मेदवार टिकाराम लिम्बुले ६  हजार ४ सय ६३ मत प्राप्त गर्नुभएकाे छ भने नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले ३ हजार ९  सय ७०  मत प्राप्त गर्नुभएकाे छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुनसरी-१ मा कुल १ लाख ५० हजार ३ सय ९३ मतदाता रहेका छन् । कुल  मतमध्ये ४७ हजार ९ सय ८ महिला र ४० हजार ४ सय ६४ पुरुष मतदाताले मतदान गरेका छन् । सुनसरी १ को कुल मत मध्ये ८७ हजार ४ सय ७१ मत खसेको थियो । जसमा  ४ हजार ४ सय ८९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

एमालेको लालकिल्ला तोड्दै हर्कराज राई प्रतिनिधि सभामा निर्वाचित हुनुभएकाे छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.