
कपिलवस्तु । कपिलवस्तु प्रतिनिधि निर्वाचन क्षेत्र नं. २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रमसिंह थापाले लामो समयदेखि अग्रता बनाउनुभएकाे छ ।
उहाँ ८ हजार ५ सय २५ मतान्तरले अगाडि हुनुहुन्छ । थापाले २४ हजार १ सय ७७ मत प्राप्त गर्नुभएकाे छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले १५ हजार ६ सय ५२ मत प्राप्त गर्नुभएकाे छ ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका बृजेशकुमार गुप्तले १२ हजार ६ सय ७२ मत प्राप्त गर्नुभएकाे छ ।