चुनावी प्रचारमा बालबालिका प्रयोग नगर्न दलहरूलाई आयाेगकाे आग्रह

फाल्गुन ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
चुनावी प्रचारमा बालबालिका प्रयोग नगर्न दलहरूलाई आयाेगकाे आग्रह

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारमा बालबालिका प्रयोग नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ।

आयोगले साेमबार एक विज्ञप्ति जारी गरेर उम्मेदवारहरूले चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको उजुरी आएको भन्दै उनीहरूलाई प्रयोग नगर्न आग्रह गरेको हो । निर्वाचन आचारसंहितामा आम सभा तथा जुलुसमा बालबालिका प्रयोग गर्न वा गराउनु नहुने व्यवस्था छ । 

आचारसंहिताको उल्लंघन गरे एक लाख रूपैयाँ जरिवाना वा उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने कानुनी व्यवस्था छ । संविधानको प्रावधानअनुसार बालबालिकाको अधिकार संरक्षण र परिपालना गर्न पनि आयोगले नेपाल सरकारलगायत तीनै तहको सरकारको ध्यानाकर्षण गराएको छ । 

त्यसैगरी आयोगले शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन पनि सचेत गराएको छ । आचारसंहिता विपरितका गतिविधिमा संलग्न भए कारबाही गर्ने आयोगले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.