गौरको घटना रोक्न प्रशासनको प्रयास जारी, झडप हुने क्षेत्रमा थप सेना परिचालन

फाल्गुन ९, २०८२ |राजेश्वर पाण्डे
गौरको घटना रोक्न प्रशासनको प्रयास जारी, झडप हुने क्षेत्रमा थप सेना परिचालन

रौतहट । रौतहट सदरमुकाम गौर नगरपालिकाको घटना रोक्न स्थानीय प्रशासनले प्रयास गरिरहेको छ ।

गौरलगायतको क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको बताइएकाे छ । झडप हुने क्षेत्रमा थप सेनासमेत परिचालन गरिएको छ । गौरको मुख्य सडक शान्त देखिए पनि भित्रि क्षेत्रको अवस्था अझै तनावग्रस्त छ ।

स्थिति नियन्त्रण गर्न सुरक्षाकर्मी खटिएको छ । हालसम्म आधा दर्जन सवारीमा क्षति पुगेको बताइएकाे छ । जिल्ला प्रशासन रौतहटले पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालयमा कर्फ्यु जारी गरेको छ ।

सम्बन्धित समाचार :

रौतहटमा दुई पक्षबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रशासनद्वारा कर्फ्यू आदेश जारी


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।