रौतहटमा दुई पक्षबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रशासनद्वारा कर्फ्यु आदेश जारी

झडपमा दुई प्रहरीसहित ६ जना घाइते
फाल्गुन ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
रौतहटमा दुई पक्षबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रशासनद्वारा कर्फ्यु आदेश जारी

रौतहट । विवाहमा बाजा बजाउँदै गइरहेका जन्तीमाथि अवरोध खडा गरेको विषयलाई लिएर सुरू भएको विवाद झडपमा परिणत भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यु आदेश जारी गरेको छ।

रौतहटको गौर नगरपालिका वडा नं ६ सपगढा टोलमा शुक्रबार बिहानदेखि सुरू भएको झडप नियन्त्रणमा लिन स्थानीय अगुवाहरूको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय रौतहटमा छलफल भएर सहमति भएको थियो । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार दुवै समुदायका अगुवाहरूले ६ बुँदे सहमति गरेको बताए पनि शनिबार बिहानदेखि विवाद पुन: सुरू भई झडप भएको हो। 

झडपका क्रममा ६ जना घाइते हुनुका साथै एउटा भारतीय नम्बरको स्कार्पियोमा समेत आगजनी गरिएको छ । झडपमा दुई जना प्रहरीसमेत घाइते भएका छन्। प्रशासनले गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेट, पश्चिममा लाल बकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रमा दिउँसो १ बजेदेखि कर्फ्यु आदेश जारी गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.