सुनसरीमा कांग्रेस-रास्वपा कार्यकर्ताबीच झडप

फाल्गुन ९, २०८२ |अर्जुन सुवेदी
सुनसरीमा कांग्रेस-रास्वपा कार्यकर्ताबीच झडप

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा चुनावी कार्यक्रमका क्रममा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ। 

कांग्रेस उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्की सम्बोधन गर्न जाने क्रममा विवाद बढेपछि हात हालाहालको अवस्था सिर्जना भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको जनाइएको छ। 

हाल अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।