.png&w=1000&height=550)
काठमाडौं । आसन्न निर्वाचनमा शान्ति सुरक्षा कायम गर्न प्रहरी परिसर काठमाडौंले ३ हजार ८ सय ५४ निर्वाचन प्रहरी खटाइएको छ ।
निर्वाचन प्रहरी गस्तीमा खटिने तथा चेक जाँचमा तथा अन्य शान्ति सुरक्षामा समेत प्रहरीलाई सहयोग गर्ने छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार निर्वाचन प्रहरीलाई परिसर मातहतको इकाई समूहमा खटाइएको र स्थानीय युनिटको कमान्डर तथा अन्य प्रहरीसँगै रहेर नियमित परिचालन हुन्छन् ।
निर्वाचन पूर्व शान्ति सुरक्षा कायम गर्न प्रहरीले गर्ने काम कारबाहीमा सहयोगीका रूपमा निर्वाचन प्रहरी परिचालन गरिएको छ । निर्वाचन प्रहरीलाई शान्ति सुरक्षासम्बन्धी प्रशिक्षणका साथै निर्वाचन अवधिमा उनीहरूले पालना गर्नुपर्ने जिम्मेवारीबारे जानकारी दिएर खटाइएको हो ।