पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रूपमा सरकारको स्वीकृति लिनुपर्ने

फाल्गुन ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रूपमा सरकारको स्वीकृति लिनुपर्ने

काठमाडौं । सरकारले पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन तथा वितरण गर्नको लागि पूर्वस्वीकृति अनिवार्य गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमafर काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वस्वीकृतिबिना पात्रो तथा क्यालेन्डर प्रकाशन र वितरण गर्न नपाइने जानकारी गराएको हो । 

समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीकाअनुसार गठन आदेश २०७९ तथा आन्तरिक व्यवस्थापन निर्देशिका-२०७९ बमोजिम व्यक्ति, संघ-संस्था, प्रकाशक तथा वितरकले पात्रो (पात्रो-पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन गर्नुअघि अनिवार्य रूपमा समितिबाट स्वीकृति लिनुपर्ने व्यवस्था भएअनुसार सो व्यवस्था गरिएको हाे । 

उहाँले बजारमा आउने कतिपय पात्रो तथा क्यालेन्डरमा तिथि, मिति, सार्वजनिक बिदालगायतका विवरणमा त्रुटि भेटिँदा सर्वसाधारणमा अन्योल र असुविधा सिर्जना भएको भन्दै त्यसतर्फ समेत सरोकारवालाको ध्यानाकर्षण गराएको हो । पूर्वस्वीकृति लिए नलिएकोबारे अनुगमन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको उहाँकाे भनाइ छ । 

उक्त समितिलाई स्वीकृतिबिना प्रकाशित सामग्री जफत गर्न तथा आवश्यक कारबाही सिफारिस गर्ने अधिकार दिइएको कार्यकारी निर्देशकले पन्थीले जानकारी दिनुभयो । उहाँले भित्तेपात्रो प्रकाशन गर्नुपूर्व समितिसँग पूर्वस्वीकृति लिन सरोकारवाला सबैलाई निर्देशन दिँदै उक्त निर्देशन कार्यावयनकका लागि जिल्ला प्रशासन कार्यालयहरूसँग सहयोगको अपेक्षा समेत गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.