सरकार आसन्न निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गराउन प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ

फाल्गुन ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकार आसन्न निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गराउन प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आसन्न निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र समावेशी तरिकाले सम्पन्न गर्न सरकार जिम्मेवार भएर लागि परेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री श्रेष्ठले आसन्न निर्वाचनका लागि आम मतदातालाई सूचित, सचेत र जिम्मेवार बनाउन मतदाता शिक्षा कार्यक्रम पनि सुरू गरिएकाले त्यसमा सहभागी हुन पनि आम मतदातालाई आग्रह गर्नुभयो । 

उहाँले निर्वाचनको तयारीको कामलाई सरकार, निर्वाचन आयोग, नागरिक समाजलगायतका सबै पक्षले तिव्रताका साथ अघि बढाएको समेत स्पष्ट पार्नुभयो । मन्त्री श्रेष्ठमा महिला मतदातको संख्या बढाउने कुरामा पनि सरकारले आवश्यक वातावरण बनाउने काम गरिरहेको बताउनु भयो ।

मन्त्री श्रेष्ठले निर्वाचनमा बालबालिकाहरूको दुरूपयोग हुन नदिन पनि सरकार सचेत रहेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.