
गोरखा । निर्वाचनका लागि आवश्यक मतदान सामग्री गोरखा आइपुगेको छ।
निर्वाचन आयोगले पठाएको मतपेटिका सुरक्षा सिल, घेराबार, स्वस्तिक छाप, मसी, स्टाम्प प्याडलगायतका सामाग्री गोरखा आइपुगेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
निर्वाचनका लागि मतपत्र भने आउन बाँकी रहेको छ ।