.png&w=1000&height=550)
धनुषा । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन मधेश प्रदेशमा निर्वाचन प्रहरी परिचालन भएका छन् ।
झन्डै एक महिनाको आवेदन दर्ता, छनोट, तालिमलगायतका चरण पार गरेपछि निर्वाचन प्रहरी परिचालन गरिएको हो । मधेशका ३२ वटा निर्वाचन क्षेत्रमा रहेका प्रहरी इकाई मातहतमा रहने गरी कुल ३१ हजार ४ सय जनाभन्दा बढी निर्वाचन प्रहरी परिचालन गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
फागुन १ गतेदेखि फिल्डमा खटाए पनि निर्वाचन प्रहरीलाई पोशाक, जुत्ता, डण्डालगायतका सामग्री भने अहिलेसम्म उपलब्ध गराइएको छैन । मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार आठवटै निर्वाचन प्रहरीका लागि आठवटै जिल्लामा ४० हजार २ सय ७३ जना पुरूष र ७ हजार ९ सय ७७ जना महिलाले आवेदन दिएका थिए।