नेपाली सेनाले हर्षोल्लासका साथ मनायो २६३औं स्थापना दिवस

फाल्गुन ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाली सेनाले हर्षोल्लासका साथ मनायो २६३औं स्थापना दिवस

काठमाडौं । नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले आइतबार २६३औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाएको छ ।

शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुभएको थियो । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। 

त्यस अवसरमा सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्षलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.