.png&w=1000&height=550)
सप्तरी । भयरहित निर्वाचन सुनिश्चित गर्न सप्तरी कारागारमा नेपाली सेना परिचालन गरिएको छ।
निर्वाचन अवधिभर शान्ति, सुरक्षा कायम राखी जिल्लावासीलाई सुरक्षित रूपमा आफ्नो मताधिकार प्रयोग गर्न सहयोग पुर्याउने मुख्य जिम्मेवारीका साथ नेपाली सेना परिचालन गरिएको हो।
कारागार सुरक्षालाई थप सुदृढ बनाउँदै निर्वाचनलाई प्रभावित पार्नसक्ने कुनै पनि गतिविधि नियन्त्रणमा लिन सेनाले सक्रियताका साथ जिम्मेवारी सम्हालेको सप्तरीका प्रमुख सेनानी सोबितबहादुर चन्दले जानकारी दिनुभयो।