एन्फा महिला च्याम्पियन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा एनआरटी विजयी

फाल्गुन १, २०८२ |खेल ब्युरो
एन्फा महिला च्याम्पियन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा एनआरटी विजयी

उदयपुर । शक्रबारबाट सुरू भएको एन्फा महिला च्याम्पियन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा एनआरटी क्लब विजयी भएको छ ।

एनआरटीले गाईघाट फुटबल क्लबलाई २-० ले पराजित गर्दै जित हात पारेको हो । उदयपुरको गाईघाटस्थित थारूहट रंगशालामा भएको खेलमा एनआरटीले दोस्रो हाफमा मात्र सफलता हात पार्‍यो । 

४७औँ मिनेटमा एनआरटीकी प्रतीक्षा ठकुरीले पहिलो गोल गरिन् । ७९औँ मिनेटमा सुशीला केसीले गोल गर्दै एनआरटीको जित सुनिश्चित गरिन् । एनआरटीकी प्रतीक्षाले प्लेअर अफ द म्याच बनिन् । 

शनिबारको खेलमा नेपाल पुलिस क्लब र एफसी रियलबीच प्रतिस्पर्धा हुनेछ ।