टी-२० विश्वकपमा क्यानडालाई हराउँदै यूएईद्वारा पहिलो जित दर्ता

फाल्गुन १, २०८२ |खेल ब्युरो
टी-२० विश्वकपमा क्यानडालाई हराउँदै यूएईद्वारा पहिलो जित दर्ता

काठमाडौं । टी-२० विश्वकपमा क्यानडालाई हराउँदै यूएईले पहिलो जित दर्ता गरेको छ। 

दिल्लीमा शुक्रबार दिउँसो भएको खेलमा एक सय ५१ रनको लक्ष्य १९ ओभर चार बलमा पुरा गरेर यूएईले जित हाासिल गरेको हो। पहिले ब्याटिङ रोजेको क्यानडाले २० ओभरमा सात विकेट गुमाएर एक सय ५० रन बनाएको थियो। उसका ओपनरले राम्रो प्रदर्शन गर्न नसकेको भए पनि तेस्रो नम्बरका नवनित ढलिवालले ३४ रनको योगदान गरेका थिए। 

हर्ष ठाकरले ५० रनको अर्धशतकीय पारी खेलेर क्याचआउट भए। श्रेयस मोभ्वाले २१ रन जोडे। यूएईका जुनैद सिद्दकीले ४ ओभरमा ३५ रन खर्चिए पनि पाँच विकेट हल पूरा गर्दै क्यानडालाई साझेदारी बनाउन दिएनन्। जवाफमा तीन बल बाँकी रहँदै यूएईले लक्ष्य पुरा गर्यो। 

ओपनर आर्यन्स शर्माले नै खेेल फिनिस गरे। उनले ५३ बलमा ६ चौका र तीन छक्का प्रहार गरेर विस्फोटन इनिङ्स खेले। छैटौं नम्बरका सोहेब खानले २९ बलमै ५१ रनको सुन्दर पारी खेलेका थिए। साद विन जाफरले यूएईको तीन विकेट लिए पनि क्यानडाको हार टार्न सकेनन्।

यससँगै समूह 'डी'मा यूएईको पहिलो २ अंक भएको छ भने क्यानडा अंकविहिन छ। चार अंकका साथ न्युजिल्यान्ड पहिलो र दक्षिण अफ्रिका दोस्रो स्थानमा छ।